मनोरञ्जन समाचार

घर बनाएपछि बिहे गर्छुः पल शाह

काठमाडौं । नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे । यो घरमा पलले २ वटा टहरा निर्माण गरेका छन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् । लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ ।

पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् ।

पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ।’

Related posts

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना, तीन जनामा संक्रमण पुष्टि

civilkhabar

विप्लव समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

civilkhabar

एलाईन्स क्लव अफ गोरखा मनकामना गठन

civilkhabar

Leave a Comment