प्रदेश २ समाचार समाज

एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता, सुतेको ठाउँमा रगत !

महोत्तरीमा एक दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई राति सुतेकै ठाउँबाट अपहरण गरी बेपत्ता बनाइएको परिवारजनको भनाइ छ । उनीहरुको खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए ।

बिहानै अबेरसम्म झा दम्पती नउठेपछि सुतेको कोठामा हेर्न जाँदा झा दम्पती ओछयानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

अपहरित भई बेपत्ता पारिएका मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद हुँदै आएको थियो । सोही विवादमा उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ ।

Related posts

नेपालमा फेरि देखियो बर्ड फ्लु

civilkhabar

दीलिप र कविताले ल्याए ‘के छ ज्यानलाई’(भिडियोसहित)

civilkhabar

कोरोना संक्रमणबाट थप एकको मृत्यु

civilkhabar

Leave a Comment