राजनीति समाचार स्वास्थ्य

बाबुराम भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।

प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने छ ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकहरुले न्युरो—इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी त्यसको उपचारका लागि आइतबार दिल्ली गएका थिए ।

Related posts

बहराइनले चिनियाँ सिनोफार्मको कोरोनाविरुद्धको खोपलाई प्रयोगका लागि दियो स्वीकृति

civilkhabar

पहिराेले पृथ्वी राजमार्ग आज पनि अवरुद्ध

civilkhabar

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९४ कोरोना संक्रमित थपिए

civilkhabar

Leave a Comment