खेलकुद गण्डकी प्रदेश समाचार

बालुवा कपको उपाधी नवदुर्गा युवा क्लवलाई

गोरखा । बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर ७ स्थित जागृती युवा क्लवको आयोजनामा भएको ‘बालुवा कप’ फुटबल प्रतियोगिताको उपाधी नवदुर्गा युवा क्लवले उचालेको छ ।

पालिका स्थित बालुवा गाँउको खेल मैदानमा शनिबार सम्पन्न खेलमा आयोजक जागृती युवा क्लवलाई ३—० ले पराजित गर्दै नवदुर्गा विजयी बनेको हो । फुटबल प्रतियोगिताको उपाधी विजेता नवदुर्गा युवा क्लवलाई नगद रु ५५,५५५ (पच्पन्न हजार पाँच सय पच्पन्न रुपैँया) सँगै सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका सचिव किरण बरामले जानकारी दिए ।

यस्तै उपविजेताआयोजक जागृती यूवा क्लबलाई नगद रु २७,७७७ (सत्ताइस हजार सात सय सतहत्तर) सँगै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको सचिव बरामले बताए ।

यसैगरी खेलमा जागृती युवा क्लबका प्रदिप मगर उत्कृष्ट खेलडी , नबदुर्गा यूवा क्लबका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक , नबदुर्गाका सन्तलाल तामाङ्ग प्रतियोगिता भरी ६ गोल गर्दै सार्बाधिक गोलकर्ता बन्न सफल भएका छन् भने नबदुर्गाकै रविन तामाङ उत्कृष्ट डिफेन्डर बन्न सफल भएको छ । फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगीतामा २३ टिमको सहभागिता रहेको थियो ।

एक कार्यक्रमका बिच सम्पूर्ण खेलाडिहरुलाई बारपाक सुलिकोट ७ का वडा अध्यक्ष कृष्ण गुरुङ र क्लबका अध्यक्ष सुलभ अँगाईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

उद्घाटन कार्यक्रमको दिन कोरोनाको मारमा परेको बेला युवा वर्गलाई लक्षित गरी ‘राष्ट्र निर्माणमा यूवा क्लबको भुमिका’ बिषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको क्लबका अध्यक्ष सुलभ अंगाईले बताए ।

प्रतियोगितामा शैलपुत्री माबीका प्रजिता बरामले प्रथम स्थान हासिल गरेकी छिन् । उनलाई नगद पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै जागृती यूवा क्लबका अभिषेक वाग्लेले द्वितीय स्थान हासिल गर्न सफल भएका छन । वाग्लेलाई नगद रु पच्चिस सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

Related posts

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता

civilkhabar

कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु

civilkhabar

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु

civilkhabar

Leave a Comment