खेलकुद गण्डकी प्रदेश समाचार हाइलाइट-समाचार

फागुन २४ देखि गोरखामा तेस्रो फुटवल मेला हुने

गोरखा । गोरखामा तेस्रो फुटवल मेला हुने भएको छ ।

द ओसन क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै गोरखा नगरपालिका ९ को दलभञ्ज्याङमा आगामी फागुन २४ देखि २७ गतेसम्म मेलाको आयोजना गर्न लागेको जनाएको हो ।

‘ऐतिहासिक गोरखा गोरखालीको पहिचान, फुटबल विकास गराउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बिभिन्न विद्यामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । प्रतियोगिता क्लबले निर्माण गरेको कृतिम घाँसे मैदानमा आयोजना गरिने बताइएको छ ।

मेलामा १३ बर्ष मुनीका खेलाडीको छैठौँ ओसन कप प्रतियोगिता, पाँचौँ भेट्रान्स कप खेल संचालन गरिने उनले बताए । त्यस्तै मेलाकै अवसरमा ओसन वर्ष खेलाडी पुरस्कार, प्रतिभावान खेलाडी पुरस्कार, लाईभ टाईम एचिभमेन्ट अवार्ड समेत बितरण गर्ने तयारी क्लबले गरेको अध्यक्ष खत्रीले बताए । यसैगरी मेलामा खेलकुद सामाग्रीकाे प्रदशनी, फोटाे प्रदशनी लगायतका कार्यक्रम समेत रहेकाे बताइएकाे छ ।

जसमा अण्डर–१३ फुटबल प्रतियोगितामा बिजेताले १५ हजारको साथमा मेडल, ट्रफि पाउनेछन् भने उप बिजेताले सात हजार पाँच सय र तेस्रो हुने टिमले तीन हजार पाँच सय पुरस्कार पाउनेछन् ।

भेट्रान्स कपका बिजेताले खसी सहित ट्रफि, मेडल प्रमाण पत्र, उप बिजेताले पनि खसी सहित ट्रफि, मेडल पाउनेछन् । खेल संचालन गर्न सात लाख ५८ हजार रुपैयाँ खर्च लाग्ने क्लवका अध्यक्ष खत्रीले बताए । गोरखा नगरपालिका, वडा नम्बर ९, बिभिन्न संघ संस्था र ब्यवसायीबाट सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गर्ने उनले बताए ।

Related posts

गोरखा सहित गण्डकीमा थप १ सय २१ जनामा कोरोना पुष्टि

civilkhabar

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

civilkhabar

टिपर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

civilkhabar

Leave a Comment