खेलकुद गण्डकी प्रदेश पर्यटन समाचार समाज हाइलाइट-समाचार

लिगलिगे साइकल दौडको दुवै उपाधीमा एपिएफको कब्जा

गोरखा । लिगलिगे साइकल दौडको दुवै उपाधी एपिएफले जितेको छ । प्रजातन्त्र दिवशका अवसरमा लिगलिग भिलेज स्पोर्टस क्लबले आयोजना गरेको प्रथम साइकल दौड प्रतियोगिताको पुरुष र महिला तर्फका दुवै उपाधी एपिएफका प्रतिनिधीले जितेका हुन ।

जसमा पुरुष तर्फ लक्ष्मण मल्ल प्रथम भएका छन् भने महिला तर्फ सोनी गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । उनिहरु दुवै धादिङ्गका स्थायी बासिन्दा समेत हुन । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएको दौड ५२ दशमलव ९ किलोमिटर दुरीको थियो । जुन प्रथम भएका मल्लले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गरे भने गुरुङले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गरिन ।

त्यस्तै प्रतियोगितामा पुरुष तर्फ नेपाली सेनाका हिमाल टमाटा दोस्रो भएका छन् । उनले २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा सो दुरी पार गरेको आयोजक क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक संजिव राना मगरले जानकारी दिए । यसैगरी प्रतियोगिताको पुरुष तर्फ नै ओकेशराज बज्राचार्य तेस्रो भए उनले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा दुरी पार गरेका हुन ।

त्यस्तै महिला तर्फ भने लक्ष्मी मगर दोस्रो हुदा उषा खनाल तेस्रो भइन । उनिहरुले क्रमश ३ घण्टा २ मिनेट ९ सेकेण्ड र ३ घण्टा ९ मिनेट २ सेकेण्डमा ५२ दशमलव ९ किलोमिटर दुरी पारेका थिए । प्रतियोगितामा ६२ जना पुरुष प्रतियोगी सहभागी भएका थिए । त्यस्तै महिला तर्फ १६ जना प्रतिस्प्रधि सहभागी भएको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष संजिव राना मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलको प्रमुख आतिथ्यता रहेको थियो ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गराउने उदेश्यले दौड आयोजना गरिएको क्लबका अध्यक्ष रानाले जानकारी दिए ।

‘ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धिको लागि साहासिक खेल र पर्वतीय पर्यटनको मााध्यमबाट देश विदेशमा चिनाएर स्थानीय समुदायको उद्यमशिलता बिकास गर्नु कार्यक्रमको मुख्य उदेश्य हो,’ उनले भने, ‘लिगलिगकोटबाट सिरानचोक र लमजुङको राइनाश गाउँपालिकाको केही भुभाग समेत परिक्रमा गरी पुनः लिगलिगकोटमा पुगेर दौड सकियो । दौडले आसपासमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार हुन्छ भन्ने पनि हाम्रो बुझाई छ ।’

प्रतिस्प्रर्धामा महिला र पुरुष दुवै तर्फ पहिलो हुनेलाई नगद २५ हजार, दोश्रो हुनेलाई २० हजार, तेश्रो हुनेले १५ हजार सहित प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगितामा कक्षा ६ मा पढ्ने ११ बर्षिय सुयोगमान सिं बस्नेतले समेत सहभागिता जनाएका थिए । कार्यक्रम ब्यवस्थानका लागि पालुंटारकै बाैद्ध हिमाल युवा क्लबले स्वयम सेवक खटाएकाे अध्यक्ष किरण गिरीले बताए ।

यता पालुङटार नगरपालिकाले समेत प्रतियोगितालाई अपनत्व ग्रहण गरेको छ । खेलकुदका माध्यमबाट इतिहास र संस्कृतीको जगेर्नासहित पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि साइकल दौडको आयोजना गरिएको मेयर कडेंलले बताए ।

प्रतियोगितामा पालुङटार नगरपालिकाले ५ लाख, नेपाल पर्यटन बोर्डले १० लाख र कार्यक्रममा टिसर्टका लागि आँपपिपल स्थायी घर भइ हाल हङकङ बस्ने मनकाजी श्रेष्ठले ६० हजार, गोरखा समाज हङकङले झण्डा निर्माण गर्न ३० हजार सहयाेग गरेकाे अध्यक्ष रानाले बताए । त्यस्तै कार्यक्रमका लागि सिरानचोक गाउँपालिकाले १ लाख र लमजुङको राइनास नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता भएको उनले बताए ।

प्रतियोगिता हरेक प्रजातन्त्र दिवशका दिन आयोजना गर्ने समेत लक्ष्य आयोजक र नगरपालिकाले लिएको जनाएको छ । लिगलिगकोटमा दौडेर राजा हुने प्रचलनलाई निरन्तरता दिदै हरेक बर्ष लिगलिगे दौड समेत आयोजना गरेर अहिलेपनि प्रथम हुनेलाई राजा घोषणा गर्ने प्रचलन छ ।

Related posts

अक्षय कुमारले तोके होस उडाउने पारिश्रमिक

civilkhabar

फिनाममा कफी खेती सम्बन्धी तालिम

civilkhabar

विप्लव समूहले तीन दलसँग मिलेर ओलीविरुद्ध रणनीतिक मोर्चा बनाउने

civilkhabar

Leave a Comment