मनोरञ्जन समाचार

बलात्कारको विषयमा गायिका मेलिना राईको ‘क्रन्दन’ (भिडिओ)


काठमाडौं । बलात्कारका घटनाहरू एकपछि अर्को गरी बाहिरिरहेका छन्। विभिन्न वर्ग, क्षेत्र र उमेरका महिलामाथि बलात्कारको घटना बढिरहेको छ। यही घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती ‘क्रन्दन’ सार्वजनिक गरेको छ।

गीतमा मेलिना राईले स्वर दिएकी छन्। विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन्। स्नेहा शर्माको निर्देशनमा तयार क्रन्दन’मा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ।

भिडि‌ओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति छ।

विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेका हुन्।

Related posts

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाइयाे

civilkhabar

संसद विघटनको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन

civilkhabar

मेयरलाई देखियो कोरोना, नगरपालिका बन्द

civilkhabar

Leave a Comment