मनोरञ्जन समाचार

नेफ्टा अवार्डमा नम्रता, श्रृष्टी, मेनुका, पूजा र दीपिकाको प्रतिस्पर्धा


काठमाडौँ । नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई यी पाँच अभिनेत्री बीच उत्कृष्ट अभिनेत्रीका लागि प्रतिस्पर्धा हुने भएको छ । नेफ्टा फिल्म अवार्डले शनिबार साँझ सार्वजनिक गरेको उत्कृष्ट पाँच अभिनेत्रीको सूचीमा यी अभिनेत्रीको नाम समावेश भएको हो ।

होटल सोल्टीमा एक कार्यक्रमका बीच सार्वजनिक सूचीमा अभिनेतातर्फ भने विपिन कार्की, विनय श्रेष्ठ, खगेन्द्र लामिछाने र अनमोल केसी देखिएका छन् । सो अवसरमा २७ विधामा मनोनयन सूची सार्वजनिक गरिएको थियो । जसमा फिल्मदेखि निर्देशकसम्मको सूची रहेको थियो ।

नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्ड गत वर्षको चैत्र २२ लाई टुँडिखेलमा हुने तय भएको थियो । तर कोरोना महामारीका कारण हुन सकेको थिए । कार्यक्रममा नोमिनेशनमा पर्न सफल कलाकार तथा फिल्मलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यस्तो छ उत्कृष्ट ५ सूची 

Related posts

मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

civilkhabar

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

civilkhabar

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदै

civilkhabar

Leave a Comment