मनोरञ्जन समाचार

भ्यालेन्टाइनमा प्रविनले ल्याए ‘कान्छीको सम्झनामा’(भिडियोसहित)

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका गरेका छन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।

गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो भने वसन्तपुरलगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । सत्यराज चौंलागाईले भिडियोका निर्देशन गरेका हुन् ।

Related posts

नवीनले ल्याए ‘लेउ खुकुरी लेउ’ (भिडियोसहित)

civilkhabar

झाँक्रीलाई तत्काल रिहा गर्न राप्रपा अध्यक्ष थापाको माग

civilkhabar

कोरोनाबाट थप दुई जनाको मृत्यु

civilkhabar

Leave a Comment