मनोरञ्जन समाचार

निर्मलले ल्याए देशभक्ति गीत ‘जुटौं अब त उठौं अब त’ (भिडियो)

काठमाडौँ । हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’को भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको क्यालिफोर्नियाँमा रेकर्ड भएको गीतमा संगीत पनि निर्मलकै रहेको छ ।
गीता बजगाईंको शब्द रहेको गीतमा संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् ।

गीतको म्युजिक भिडियो निर्देशन राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा गीत तयार गरिएको छ ।

भिडियोमा नगेन्द्र राईको छायाँकन, नृत्य र किशोर खनालको सम्पादन छ । भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ ।

Related posts

सेनाद्वारा १५ हजारभन्दा बढी वृक्षारोपण

civilkhabar

कारागारमा चार कैदीको मृत्यु, एक जनामा संक्रमण पुष्टि

civilkhabar

कोरोनाको जोखिम उच्च रहेको प्रशासनको ठहर, आजदेखि सरकारी कार्यालयको सेवा समेत कटौती

civilkhabar

Leave a Comment