गण्डकी प्रदेश शिक्षा समाचार समाज हाइलाइट-समाचार

विद्यालय सुधारका लागि कार्ययोजना निमार्ण

गोरखा । गोरखा नगरपालिका ८ आहालेमा रहेको सरस्वती माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्ययोजना तयार गरिएको छ ।

पारस्पारिक जवाफदेहिता: स्थानीय अभियानले विद्यालयमा आयोजना गरेको समुदाय अंक पत्र अन्तरगत बुधबार आमने सामने बैठक मार्फत सुधार योजना निर्माण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रमा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा कार्यालयको समन्वयमा सोच नेपालले केहि समयअघिदेखि गरेको समुदाय अंकपत्र अन्तरगतका अध्ययन, अनुसन्धानको नतिजा समेत कार्यक्रममा सार्वजानिक गरेको छ । जसमा विद्यालयका राम्रा प्रयोग, सिकाई, अवसर, समस्या, चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरु समेटिएको थियो ।

समुदाय अंक पत्रको सहजीकरण गरेका समुदायिक अनुसन्धानकर्ता अब्जल मियाँका अनुसार विद्यालयको शैक्षिक गुणस्तरको मापनको अध्ययन विद्यार्थी, शिक्षक, अभिभावक, ब्यवस्थापन समिति, वडा समिति, स्थानीय नागरिक लगायतसंगको छुट्टाछुट्टै छलफल तथा स्थलगत अनुगमन र अनुसन्धानबाट गरिएको हो ।

बुधबार भएको सर्वपक्षिय आमने सामने बैठकमा विद्यालयमा देखिएका समस्याहरुलाई हल गर्न कार्ययोजना समेत निर्माण भएको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । जसमा फोहोर मैला ब्यवस्थापन, एउटै कक्षामा अत्याधिक विद्यार्थीको चापको ब्यवस्थापन, गुनासो पेटिकाको प्रभावकारी कार्यान्वयन, लैगिंक हिंशासम्बन्धि सचेतनामूलक कार्यक्रमको निरन्तरता, दृष्टिविहिन विद्यार्थाीका लाथि आवस्यक प्रविधी, खेल मैदानको उचित ब्यवस्थापन, पुस्तकालय तथा कम्प्युटर कक्षाको उचित ब्यवस्थापन, आगन्तुक पुस्तिकाको ब्यवस्थापन, विद्यालय क्षेत्रमा घेराबार, शिक्षक तथा विद्यार्थीहरुका लागि आवश्यक आचार संहिताको बोर्ड स्थापना, गुनासो सम्बोधन लगायतका बिषयमा कार्ययोजना निर्माण गरि सोको कार्यान्वयनका लागि जिम्मेवारी समेत तोकिएको प्रअ भट्टराईले बताए ।

झण्डै डेढ घण्ट समय अभिभावकहरुको भेलामा विद्यालयको शैक्षिक गुणस्तरलाई अभिबृद्धि गर्न र कार्ययोजनाको कार्यान्वयनको अनुगमन गर्न कोपिला अधिकारीको संयोजकत्वमा ५ सदस्यिय समिति समेत गठन गरिएको छ । जसमा वडा समितिबाट कल्पना नेपाली, ब्यवस्थापन समितिका तर्फबाट राजेन्द्र खत्री, शिक्षकका तर्फबाट मेघनाथ लामिछाने र अभिभावकका तर्फबाट लिना श्रेष्ठ रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा उपमेयर श्रेष्ठसहित वडाध्यक्ष कृष्ण बहादुर खत्री, शिक्षा शाखाका धु्रवराज अर्याल, विब्यवसका पूर्वअध्यक्ष नारायण खत्री, सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालय सुधारका बारे अन्तरकृया समेत भएको थियो । एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा समेत परिचित छ ।

Related posts

स्वास्थ्य प्रोटोकल पालना गरी हिमाल आरोहणमा जान पाइने, १८ जनाले लिए अनुमती

civilkhabar

चट्याङ लागेर २ जनाको मृत्यु

civilkhabar

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संख्या ३० पुग्याे

civilkhabar

Leave a Comment