नविन क्षेत्री – उमेरले डाँडो काटिसकेको वृद्ध बा-आमा/एकल महिलाहरुले नेपाल सरकार बाट पाउने सामाजिक सुरक्षा भत्ता जे जति छ त्यो हालसम्म पाइरहेको नै छ, त्यो सुखद पक्ष हो !
नगरपालिका/गाउपालिकामा जनप्रतिनिधि ज्युहरुले बेलैमा बाडिरहनु भयको कुरा तपाइ हामि लाई जगजाहेर नै छ ! पहिला पहिला वडा सचिब बाट गाउ गाउको चौतारामा पनि वृद्ध बा-आमाको नागरिकता अनुसार नाम टिपेर छिटो छरितो सङ्ग सजिलोको लागि भत्ता बाडेको देख्दै आइरहेको नै हो !
हाल भत्ताकै लागि सदरमुकाम सम्म आयर बैंकमा खाता अनिवार्य रुपमा खोल्नु पर्ने नया नियम आएछ ! यि सब केको लागि होला ?? सम्भब भए देखि घर नजिकै बाढ्नु पर्ने रकम लाई आखिर सदरमुकाम सम्म जानु पर्ने बाध्यता किन पारियो ??
८/१० हजार रुपैयाँ झिक्न लाई बुढाबुढि भएको बा-आमा लाई यो सास्ति किन होला ?? लट्ठि टेकेर साबिकको गाबिस सम्म पुग्न त ७ ठाउमा बस्दै जानु पर्ने बुढाबुढि लाई यो हैरान किन होला ?? सुरक्षाको दृस्ठिकोणले बुढाबुढिले पाउने रकम बैंकमा जानु राम्रो त हो तर सबै जनाको ल्याउने मान्छे नहुन सक्छ सबै लाई सहज नहुन सक्छ ! बैंकमा गयर ति डाडा माथिको घाम भैसकेको वृद्ध बा-आमा लाई घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता किन पारियो ?? बैंकमा खाता खोल्नु बाहेक अरु ब्यबस्था केहि रहेनछ हामि सङ्ग ??
अनि सदरमुकाम सङ्ग जोडियर बसेका बा-आमाले त सजिलै रकम निकासा गर्लान तर हाम्रो गोनपा १/२ कोखे ताप्लेकै हितमा पनि यो ब्यबस्था/वृद्ध बा-आमाको लागि अति कस्टकर नै छ ! ब्यबस्था फेर्न खोजे पनि कस्टकर अबस्था झनै दुखदायि देखियो !
वृद्ध बुढाबुढि बा-आमाले नत राम्रो सङ्ग लेख्न सक्छन नत पढ्न नै हस्ताक्षर गर्न त परको कुरा हो! त्यसैले संबंधित नगरपालिकाको मेयर/उपमेयर/वडा अध्यक्ष/वडा सद्स्य ज्युले वृद्ध बा-आमा लाइ यो दुख दिनु नै महापाप हो ! चेतना भया ! नितान्त मेरो ब्यक्तिगत चासो हो है ! मैले गलत बोले या सहि बोले समयले मुल्यांकन गर्ने छ !
लेखक क्षेत्री गोरखा नगरपालिका २ का स्थायी बासिन्दा हुन ।