प्रदेश ३ समाचार समाज

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक पक्राउ

काठमाडौं । प्रहरीले न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक जनालाई बिहीबार पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका—२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित महानगरपालिका—६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

Related posts

गण्डकीमा थपिए कोरोनाका ५६ संक्रमित

civilkhabar

विश्वभर कोरोनाबाट १० लाख ३८ हजारको मृत्यु

civilkhabar

सोमबार कोरोनाबाट थप १८ जनाको मृत्यु

civilkhabar

Leave a Comment