गण्डकी प्रदेश पर्यटन समाचार समाज हाइलाइट-समाचार

पर्यटन प्रवर्द्धन गर्न गोरखाकाे धार्चेमा १० दिने महोत्सव हुने

गोरखा । उत्तरी गोरखाको पर्यटन बिकासका लागि पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुने भएको छ । धार्चे पर्यटन प्रबद्र्धन समिति आगामी माघ १५ गते देखि २५ गतेसम्म महोत्सव गर्न लागिएको सोमबारमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

‘कोरोनाले गर्दा टुरिजम सेक्टर सबै ठप्प भयो । यो क्षेत्रमा काम गर्ने हामी सबै बेरोजगार भएका छौं,’ आयोजक धार्चे पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष मणिलाल गुरुङ्गले भने, ‘अहिले बाह्य पर्यटक नआएपनि आन्तरिक रुपमा घुम्न चाहानेहरुलाई एउटा महत्वपूर्ण अवसर सिर्जना गरौं भन्ने हाम्रो उदेश्य हो ।’

महोत्सवको मुख्य आकर्षकको रुपमा विभिन्न साहासिक खेल रहेका छन् । त्यहाँ पुग्ने पर्यटकका लागि लक्षित गर्दै क्यानोनिङ्ग (पानीको झरनामा उक्लने र्ओलने खेल), रकक्लाइबिङ्ग (पहरामा चढ्ने वा झरर्ने खेल), जीप लाईन (तारमा झुण्डने खेल), बिच क्याम्पिङ (बगरमा रात बिताउने) र ¥याफ्टिङ (पानी माथि डुङ्गा चढने खेल) को आयोजना उनले बताए ।

‘धार्चे नेपालको यस्तो एउटा मात्र ठाउँ होला यहाँ विभिन्न किमिसका साहासिक खेल खेलाउन सम्भव छ,’ उनले भने, ‘क्यानोनिङ्ग, रकक्लाईबिङ्ग, ¥याफ्टिङ, जीपलाइन जस्ता खेलको मज्जा लिन चाहानेहरुका लागि राम्रो मौका पनि हो ।’

तातोपानीबाट माछाखोला हुँदै खानीबेसी बगरसम्म डेढ घण्टाको ¥याफ्टिङ हुनेछ । ¥याफ्टिङका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै गरी काशीगाउँ वेशीमा १२ र १५ मिटरको रकक्लाईबिङ्ग बनाइने छ । त्यसको शुल्क १५० रुपैयाँ तोकिएको छ । न्यौली खोलामा हुने क्यानोनिङ्गको लाागि ५०० रुपैयाँ निर्धारण गरिएको छ । १० र २० मिटर अग्लो छरनामा उक्त क्यानोनिङ्ग सञ्चालन गरिने आयोजकले बताएको छ ।

यता खोर्लावेशीको पुलमा सञ्चालन गर्न लागेको जीप लाईनकोलागि भने आयोजकले प्रति ब्यक्ति २०० रुपैयाँ शुल्क निर्धारण गरेका छ । जीप लाईनको लम्बाई भने ३० देखी ५० मिटर सम्म लामो अध्यक्ष गुरुङ्गले बताए । ‘यो सबैका लागि हामीले एउटै प्याकेज पनि बनाएका छौं, छुट्टछुट्टै रुपमा गर्न चाहानेले पनि गर्न सक्नुहुनेछ,’ उनले भने, ‘प्याकेज रोज्नेहरुका लागि खाने बस्ने व्यवस्था समेत हामीले नै मिलाउछौं ।’

काठमाण्डौं र पोखराबाट आउनेहरुका लागि प्रति ब्यक्ति प्याकेजमा ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । जसमा २ रात ३ दिनको आवास, खाना र सवारी तथा सबै खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाएको छ । महोत्सवमा दैनिक ५०० जनाको सहभागीता हुने अनुमान गरिएको छ । ‘हामीले लागत झण्डै १८ लाख अनुमान गरेका छौं ।

तर अहिलेसम्म कतैबाट पनि सहयोग प्राप्त भएको छैन,’ आयोजक समितिका अध्यक्ष गुरुङ्गले भने,‘धार्चे जस्तो दुर्गम ठाउँलाई प्रचार गर्न हामीले कोसिस गरेका हौं । आशा छ सबैले सहयोग गरिदिनुहुनेछ ।’

पत्रकार सम्मेलनमा बोल्दै धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले महोत्सवले धार्चेको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास गरेका छन् ।

‘धार्चे प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । गाउँपालिकाले पनि पर्यटनलाई नै मुख्य जोड दिएर विभिन्न संरचनाहरु बनाइरहेको छ,’ उनले भने,‘त्यसलाई प्रचारप्रसार गर्न यो महोत्सव सफल हुनेछ भन्ने मेरो विश्वास छ ।’

कार्यक्रमा उपाध्यक्ष फुलमायाँ गुरुङ, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबावु मास्के, गोरखा उद्योग बाणिज्य धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङका साथै समितिका अन्य पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

Related posts

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

civilkhabar

निषेधाज्ञाभरी होम डेलिभरी सेवा नदिने

civilkhabar

संविधान दिवसका अवसरमा टेलिकमको अनलिमिटेड अफर

civilkhabar

Leave a Comment