कृषि गण्डकी प्रदेश समाचार समाज

सुन्तला खेति पुनः जागरण तथा क्षेत्रफल बिस्तारको प्रयास

गोरखा । जिल्लाका कृषकहरुले सरकारले आवश्यक सहयोग उपलब्ध गराए पुनः सुन्तला खेति बिस्तार गरिने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोरखा र कृषि ज्ञानेकन्द्र गोरखाको सयुक्त आयोजनामा जिल्ला सदरमुकाममा भएको सुन्तला खेति पुनः जागरण तथा क्षेत्रफल बिस्तार सम्बन्धी आधारभुत तालिममा सहभागी कृषकहरुले त्यस्तो बताएका हुन् ।

२०४६ सालबाट व्यवसायीक सुन्तला खेति सुरु गरेका गोरखा नगरपालिका ४ का अर्जुनप्रताप राणाले किसानरुलाई आवश्यक प्रविधि र सीप उपलब्ध गराउन माग गरे । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले गोरखाको सुन्तला खेतिलाई बिस्तार गर्न सबैले लाग्नु पर्ने बताए । राज्यले किसानलाई आवश्यक मल, बिऊ र प्राविधिक सहयोग उपलब्ध गराएर उत्पादन बढाउन सहयोग गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सुन्तला अनुसन्धान कार्यक्रम धनकुटाका प्रमुख उमेश आर्चायले गोरखाको सुन्तला बगैचा नष्ट हुँदै गइरहेकाले बिस्तारको कार्यक्रम पनि सँगै अघि बढाउन आग्रह गरेका छन । ठाउँ र मौसम अनुकुलका विभिन्न वर्णशंकर जातहरु ल्याएर खेति गर्न सकिने उनले बताए ।

पछिल्लो समय गोरखाको सुन्तला खेति नष्ट हुँदै गइरहेको छ । त्यसलाई पुनः जागरण ल्याउने र क्षेत्रफल बिस्तार गर्ने उदेश्यले सुन्तला जात फलफूल जोन कार्यक्रमले विभिन्न काम गरिरहेको कार्यालय प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिए ।

Related posts

एकै दिन थपिए १ लाख ३९ हजार जना कोरोना संक्रमित, मृतक ४ लाख २८ हजार पुगे

civilkhabar

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

civilkhabar

हेर्नुस ओलीले स्थायी कमिटीलाई पठाएकाे पत्रकाे पूर्णपाठ

civilkhabar

Leave a Comment