विचार

मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !

नवीन क्षेत्री

गोरखा नगरपालिका २ कोखे आहाले

भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ । यति खेर हिमाल पहाड तराई लगायत सम्पुर्ण ठाउमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रगत उम्लियको छ । हुन पनि किन नउम्लियोस त आफ्नै पल्ला घरे ठुला बा ले बारिको साध (सिमा) मिच्दा त खुन तातेर आउँछ भने यहाँ त आफ्नै देशको सिमानाको कुरो छ । दिन दिनै भारतिय बिस्तारबादको नारा लगाउदै Go back india भन्दै हजारौ युवा पुस्ता ,वृद्ध बृद्दा ,देखि सम्पुर्ण नेपाली आन्दोलन गरिरहेका छन ।

मुख्य त काठमाडौ केन्द्रीकृत गरि भारतिय दुताबास घेराउ गर्न दिन दिनै नेपाली युवा युबतिको ठुलै जमात देखिन्छ । भारतले आज मात्र हैन हाम्रो नेपालको माटो लाई गिद्दे नजर लगायको ,आज भन्दा कयौ अघि राजा महाराजा, पन्चेको पाला देखिनै हाम्रो नेपालको सिमा लाई आफ्नो पन्जामा पार्न हर दिन हर रात प्रयासरत नै छन । कयौ ठाउको नेपाली भुभाग त गिद्दले सिनो झम्टेझै झम्टेर आफ्नो पासोमा पारिसके । हुनत म न लिम्पियाधुरा पुगेको छु, न लिपुलेक पुगेको छु, नत कालापानी नै तर मेरो देशको एक मुट्ठी माटो जहाको भए पनि मलाइ असाद्धै माया छ ।

हाम्रा सपूतहरु वीर गोर्खाली नेपालीको रगत र पसिना बाट बचेको हाम्रो सिङ्गो नेपाल आमाको कोख लाई कैले भारतले लात्ती हान्ने, कैले चाइनाले लात्ती हान्ने यी र यस्ता दुख कस्ट हामिले धेरै सहेर बसेउ । हामी चाहे पुर्बका हौ चाहे पश्चिमको हौ हामी जहाको भए पनि पहिला नेपाली हौ नेपाल रहे न नेपाली हौ । भारत सङ्ग सिमाना जोडिएको नेपाल तर्फको तराइ भु–भागका सिमानाको बुवा आमा, दाजुभाइ, दिदिबहिनीहरु आज नेपालको माटोमा सुतेका हुन्छन भोलि बिहान उठ्दा खेरी भारती भुमिमा परेका कयौ घटनाहरु हामिले दिन दिनै अखबार तथा रेडियो टेलिभिजनमा हेरेका छौ सुनेका छौ । हामी एक छिन सुन्ने शक्ति त राख्न सक्दैनौ भने अब आफै कल्पना गरौ सिमानाका नेपाली जनता कसरी बाचेर बसेका होलान ।

आफ्नो भुमी रक्षाको निम्ति कयौ चेलिहरु बलात्कृत भए, कयौ आमा दिदीबहिनीको शिन्दुर पुछियो, कयौ दाजुभाइहरु तातो गोलिको सिकार भए । कयौ आज सम्म पनि घाइते अपाङ्ग भयर बसेका छन । अब हामी नेपाली कतिन्जेल सम्म भारतको हेपाहा प्रवृत्ति र बल मिचाइको दोसाँधमा पिल्सियर बस्ने । नेपालको कयौ हेक्टर जमिनहरु भारतले लगे कसैलाइ अत्तोपत्तो छैन । कयौ जङ्गे पिलरहरु रातारात सारे कसैलाई चासो छैन । हजारौ सिमास्तम्भहरु आज पनि सिमामै लडिरहेका छन । उठाउने फुर्सद कसैलाई छैन । देशको बारेका कस्ले सोच्ने ? यो देश लाई कस्ले बचाउने ? हामी नेपाली वीर गोर्खाली भनेर नाक मात्र फुलायर बसेर सिमाको रक्षा कस्ले गर्ने ? निकै सोच्ने बेला आयको छ ।

तपाई मान्नुस या नमान्नुस एक राजा फालेर हजारौ राजा बनेको देशको हालत सबै यहि फोहोरी राजनितिले गर्दा यस्तो सृजना भएको हो । राजनिती भन्ने शब्द सुन्दा पनि घिन लागेर आउछ । देश भन्दा माथी उठेर काम गर्ने हो भने असम्भव भन्ने कुरा केही छैन । भाइ फुटे गोबर लुटे भनेझै हामी नेपाली एक आपसमा झैझगडा नगरी मिलेर अघि बढ्नुको बिकल्प केही छैन । राजनीतिको आडमा बसेर कोहि नेपाल लाई सिङ्गापुर बनाउछु भन्छन कोहि स्विजरल्यान्ड बनाउछु भन्छन । कुरो यहाँ नीर छ । आफ्नै सिमानामा ढलेको पिलर उठाउने हिम्मत नहुने हुत्तिहाराले यस्तो र उस्तो बनाउछु भन्दा पत्याउने हामी कस्तो ? सिहदरबार र बालुवाटार भित्र पस्न सपना देख्ने यी रास्ट्रबादको खोल ओढेका ब्वासोहरुको घैटोमा घाम किन लादैन ?

आज नेपाली जनताको अगाडि आखामा छारो हालेर जनता भुल्याउने अनि भारत गयर लम्पसार पर्ने यो पुरानो परम्परा लाई कुन चाहिँ माइकालालले तोड्न सकेको छ ? यहाँ त उहीँ पुरानै घुमिफिरी रुम्जाटार भनेझै भाको छ । जनता लाई गाउँ गाउमा सिहदरबार आयो भन्दै लुटतन्त्र, भ्रष्टाचार, बलात्कार सबै उच्च तहका ब्वासोहरु बाट दिनहु भैरहेको छ । दिनहु उच्च ओदाका महामहिमहरु नै जेल चलान भैरहेको देख्दा के यिनिहरु बाट नेपाल आमालाई पचाउन सकिन्छ ? यो राजनीतिको बिकृती,बिसङ्गतिले गर्दा लाखौ युवा युवती आज पनि खाडिमुलुकको ४० डिग्रीको घाममा रगत र पसिना बगाउन बाध्य छन । बिकाश निर्माणमा देशको मुख्य रोल भनेको राजनितिले गर्छ । त्यसैले अब पनि यहि राजनितीमै रोमल्लि रहने हो भने सिमाना मात्र मिच्ने हैन पुरै देश नै नमिच्ला भन्न सकिन्न ? अझै समय छ हामी सङ्ग यदि साच्चै नेपाल र नेपालिको हक र हितको लागि यो फोहोरी राजनीति गर्छौ भने हात हतियार, भालाले हैन उच्चस्तरीय बार्ता बाट नेपालको सिमा बिबादको टुङ्गो लगाइयोस ? घरमा सिरक भित्र बसेर लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेर केही हुने वाला छैन । उच्च तहमा बसेका हाम्रै महाराजाहरु लाई हामिले सचेत गराउनु बाहेक अरु बिकल्प छैन । नेपालको शान्तीसुरक्षा देश र जनताको हकहितको निम्ति लड्ने भनेर कसम खायका प्रहरी जबानहरु नै आज भ्रष्टाचारको दलदलमा फसेका छन । नेपाली सेना अन्य सैनिकहरु रास्ट्रको ठेकेदार बन्न पुगेको छ । त्यसैले सबैले आँखा खोलौ आखा

गोरखा नगरपालिका २ कोखे आहाले

Related posts

भोकमरी विरुद्ध ‘राष्ट्रिय खाद्य योजना’ – अहिले नबनाए कहिले बनाउने ?

civilkhabar

बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा

civilkhabar

कोभिड-१९, तब्लिगि जमात र पत्रकारिता

civilkhabar

Leave a Comment