धर्म/संस्कृति समाचार समाज

सामाजिक दुरी कायम गरी नमाज पढाैं – मुस्लिम आयाेग

काठमाडौँ । कोरोनाका कारण बन्द भएका मस्जिद तथा मदरसाहरु खुला भएका छन् । मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गरी पढ्न मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति निकाल्दै आग्रह गरेको छ ।

मठ–मन्दिर तथा धार्मिक तीर्थस्थलहरु खुलेसँगै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ टाइममा पढिने नमाज खुला गरिएपनि धेरै भीड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनले भने, ‘शुक्रबारको नमाजमा धेरै नै भीड हुने भएकाले सावधानी अपनाएर मस्जिद कमिटीलाई आफैं निर्णय गर्न भनिएको छ । ‘

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज, शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावी नमाज घरमा नै पढेर सहयोग गरेकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

Related posts

इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे

civilkhabar

गोरखा मिलन समाज पोखराले निःशुल्क स्वास्थ्य शिविर गर्ने

civilkhabar

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

civilkhabar

Leave a Comment