प्रदेश ७ समाचार समाज

जन्ती बोकेको जिप दुर्घटना, मृत्युु हुनेको संख्या ५ पुग्यो

शुक्रबार राति रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

रुकुम जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले दिएको जानकारीअनुसार गम्भीर घाइते एक जनाको पनि मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो।

घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा हुन्।

आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो। 

अप्ठेरो बाटो आएपछि युवा उमेरका जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको हाे। 

दुर्घटना हुनासाथ जिपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

Related posts

ओली अस्पतालमा रहेका बेला प्रचण्डले किन बोलाए सचिवालय बैठक ?

civilkhabar

बाढी पहिरो पिडितलाई गोरखा नगरपालिकाले राहत दिने, हेर्नुस कसलाई कति ?

civilkhabar

भारतीय सीमा सुरक्षा बलले चलायो गोली

civilkhabar

Leave a Comment