अर्थ गण्डकी प्रदेश शिक्षा समाचार हाइलाइट-समाचार

१४ करोड लगानीमा बनेका गोरखाका ३ विद्यालयको भारतिय विदेश सचिवले गरे उद्घाटन

मोहसिन अलि मियाँ
गोरखा ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार गोरखाका तीन वटा विद्यालयका भवन उद्घाटन गरेका छन् । भारत सरकारको १४ करोड लगानीमा निर्माण भएका गोरखा नगरपालिका वडा नम्बर ८ को रत्नलक्ष्मी मावि, वडा नम्बर ९ को महालक्ष्मी मावि र वडा नम्बर १० को तारा माविको उद्घाटन गरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको रत्नलक्ष्मी माविमा ४ करोड ३३ लाख रुपैयाँ, महालक्ष्मी माविमा साढे ५ करोड र तारा माविको भवन पुर्ननिर्माणका लागि ४ करोड ७१ लाख रुपैया भारत सरकारले लगानी गरेको थियो ।

विद्यालय भवन उद्घाटन गर्दै विदेशसचिव श्रृगंलाले नयाँ भवन बनेसँगै ती विद्यालयमा अध्ययनरत करिव १६ सय विद्यार्थीलाई लाभ पुगेको बताए । जिल्लामा थप चार वटा विद्यालय भारत सरकारको सहयोगमा पुनर्निर्माणको क्रममा रहेको छ ।

शुक्रबार गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विदेशसचिव श्रृगंलाले संयुक्त रुपमा तिन वटै विद्यालयको भवन उद्घाटन गरेका थिए । उनि नेपाली सेनाको हेलिप्कप्टर मार्फत गोरखा पुगेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै विदेशसचिव श्रृगंलाले गोरखा जस्तो ऐतिहासिक भुमिमा आउन पाउदा हर्षित भएको बताएका छन् । नेपालका निर्माता पृथ्वीनारायण शाहलाई सम्झदै उनले बिर गोर्खालीहरु संसारभर परिचित रहेको बताए ।

शिक्षा क्षेत्रमा लगानी गर्न पाउनु हाम्रो लागि अवसरको बिषय रहेको भन्दै विदेशसचिव श्रृगंलाले दुई देशविचको यो सहकार्य र मित्रता सधै कायम रहने बताएका छन् । हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृित्त दिँदै आएको बताए ।

विद्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भूकम्पपछिको पूर्वाधार पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको बताए । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सचिव हर्षवद्र्धन श्रृंगलालाई गोरखा नगरपालिका र भारतको गोरखपुर बीच भगिनी सम्बन्ध कायमको प्रस्ताव गर्दै समन्वय गरिदिन अनुरोध गरेका छन । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिीका अध्यक्ष शिव केसीको अध्यक्षतामा भएको थियो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको जनाएको छ । त्यस्तै भारत सरकारकै सहयाेगमा गोरखामा २६ हजार नौ सय १२ वटा निजी आवास पुनर्निर्माण भईरहेको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखास्थित कार्यालयका प्रमुख राम सापकोटाले बताए ।

Related posts

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

civilkhabar

नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु

civilkhabar

साँसद चुडामणी खड्का दम्पत्तीलाई कोरोना संक्रमण

civilkhabar

Leave a Comment