अर्थ समाचार समाज हाइलाइट-समाचार

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।  बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।

तिहारमा प्रयोग हुने सयपत्री,  मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।

उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् ।

Related posts

प्रचण्ड र देउवाका मान्छे पनि परे संवैधानिक परिषदमा (सूचीसहित)

civilkhabar

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

civilkhabar

भारतमा ६ कोरोड नागरिकलाई कोरोना संक्रमण भएको हुनसक्छ : अध्ययन

civilkhabar

Leave a Comment