गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

गोरखा सहित गण्डकीमा थप १ सय २१ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार थपिएका संक्रमितमा सबैभन्दा बढी कास्कीका मात्रै ८६ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १६, स्याङ्जामा १२, तनहुँमा ३, गोरखामा ३ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो।

गोरखामा थप भएकामध्ये गोरखा नगरपालिकाका ३६ र ४४ बर्षका पुरुष र भमिसेन थापा गाउँपालिका ४ का ३१ बर्षका पुरुष रहेको बताइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक डा. विनोदविन्दु शर्माले संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताए।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ९११ पुगेको छ।

Related posts

गण्डकीमा मृतकको संख्या १२ पुग्यो, संक्रमित कति ?

civilkhabar

गृह सचिवद्रारा लोमान्थाङमा सशस्त्रको विओपी भवन शिलान्यास

civilkhabar

गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

civilkhabar

Leave a Comment